माधव नेपालसहित ४ नेताले बुझाए स्पष्टीकरण

माधव नेपालसहित ४ नेताले बुझाए स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुले पार्टीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आज पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएको एमालेको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।

उनीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो ।