काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कसैको धम्कीले आफु नडराउने बताएका छन् ।
बृहत्त नागरिक समाजले आयोजना गरेका कार्यक्रममा बोल्दै नेता नेपालले आफू आन्दोलन र पार्टीको विजारोपण गर्ने व्यक्ति भएको भन्दै कसैको धम्कीले नडराउने बताएका हुन् ।
उनले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्यूँताउने गरेको फैसलाले आफुलाई अत्यन्त अप्ठेरो महसुस भइरहेको बताए । नेता नेपालले दुई पार्टीले वैधानिक रुपमा गरेको एकतालाई खारेज गरेर सर्वोच्चले विचित्र फैसला गरेको बताए ।
‘सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदिएको छ । तर, म फर्किन सकिरहेको छैन । एकदमै अफ्ठ्यारो महसुस भइरहेको छ,’ उनले भने, ‘मैले त हिजै संसदीय दलको बैठकमा बालुवाटारमा जान्न भनिसके ।’




प्रतिक्रिया