पदको लोभ छैन, केपी ओली नै प्रधानमन्त्री र अध्यक्ष बनुन्ः माधव नेपाल

पदको लोभ छैन, केपी ओली नै प्रधानमन्त्री र अध्यक्ष बनुन्ः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले आफुलाई पदको लोभ नभएको बताएका छन् । आफ्नो समूहले वीरगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले आफुलाई पदको लोभ नभएको भन्दै प्रभानमन्त्री र अध्यक्ष दुबै पद नचाहिने बताएका हुन् ।

उनले सिद्धान्त, सत्य र न्यायका लागि कम्युनिष्ट पार्टी बचाउन कार्यकर्तामाझ आएको बताए । ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ, । त्यसो होइन, उनी नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि मलाई चाहिंदैन,’ उनले भने, ‘केपीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि कम्युनिष्ट पार्टीलाई ओली र ओली प्रवृत्तिबाट बचाउनका लागि हो ।’

ओली अल्पमतमा परेका कारण बैठक फेस गर्न नसकेर भाग्ने गरेको उनले बताए । ‘राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ । खराबले खराब मान्छे खोज्छ । केपी ओलीसँग कस्तो कस्तो मान्छे छन्, मैले भनिरहनु पर्दैन । पार्टीको विकासमा ओली नै बाधक छन्,’ उनले भने ।