प्रधानमन्त्रीलाई नेपाल समूहको १३ घण्टे अल्टिमेटम

प्रधानमन्त्रीलाई नेपाल समूहको १३ घण्टे अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई १३ घण्टे अल्टिमेटम दिएको छ ।

आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीलाई २०७५ जे २ गतेसम्म फर्किन १३ घण्टाको अल्टिमेटम दिएको हो ।

नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फागुन २३ को फैसला कार्यान्वयन नगरेको भन्दै सोमबार बिहान ९ बजेसम्म आफ्ना माग पूरा गर्न समय दिएको जानकारी दिए ।

माग पूरा नभए भोली बिहान साढे ९ बजे संसद सचिवालयमा गएर राजीनामा दिने नेता भट्टराईले जानकारी दिए ।

भोली प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन् । नेकपा एमालेले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।