प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेपाल समूहको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेपाल समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

नेपाल समूहका नेता भीम रावलले आजको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी दिए । उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा लोकतन्त्र र राजनीतिक स्थिरता कमजोर हुने बताए ।

उनकाअनुसार आजको बैठकमा नेपाल समूहका २२ जना सांसद अनुपस्थित हुनेछन् ।  दिउँसो १ बजे प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदैछन् ।