प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेपाल समूहका ८ जना सांसद उपस्थित

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेपाल समूहका ८ जना सांसद उपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत मागेका थिए ।

मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको छ । हुन्छ, हुन्‍न र मत दिन्‍न भरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै कोभिड– १९ संक्रमित सांसदका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था गरिएको छ ।

नेकपा एमालेका नेता माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् ।

यता नेकपा एमालेका नेताद्वय माधव नेपाल, झलनाथ खनाललगायतका  सांसदहरु भने अनुपस्थित भएका छन्।