नेपाल समूहले भन्योः सरकार निर्माणमा हाम्रो चासो छैन्

नेपाल समूहले भन्योः सरकार निर्माणमा हाम्रो चासो छैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले नयाँ सरकारबारे आफूहरको संलग्नता नहुने स्पष्ट पारेको छ ।

मंगलबार बसेको नेपाल समूहका नेताहरुको बैठकले गठबन्धनमा निर्माण हुने नयाँ सरकारबारे आफुहरुको संलग्नता नहुने निष्कर्ष निकालेको हो ।

भर्चुअल माध्यमबाट भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ को अवस्थामा फर्किन बाध्य पार्ने निर्णय भएको नेता बेदुराम भुसालले जानकारी दिए ।

‘हाम्रो चासो यो वा त्यो सरकारबारे होइन । पार्टी जेठ २ को अवस्थामा फर्किने विषयमा छलफल केन्द्रीत थियो’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आफ्ना मागहरु पूरा गर्न बाध्य बनाउने विषयमा छलफल नभएको नेता भुसालले बताए ।