गृहमन्त्री बादललाई राष्ट्रियसभामा सहयोग गर्ने माधव नेपालको प्रतिबद्धता

गृहमन्त्री बादललाई राष्ट्रियसभामा सहयोग गर्ने माधव नेपालको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाका उम्मेद्वार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार नेता निवास कोटेश्वर पुगेका गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

बादलले राष्ट्रिसभाको उपनिर्वाचनमा आफूलाई सहयोग गर्न नेता नेपाललाई आग्रह गरेका थिए । जवाफमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पूर्ण सहयोग रहने बताएका हुन् ।

त्यस्तै आजको भेटमा पार्टीको आन्तरिक विषयमासमेत छलफल भएको उनले बताए ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले गृह मन्त्रीसमेत रहेका बादललाई उम्मेदवार बनाएको छ । यता माधव नेपाल पक्षले भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धनमा खिमलाल देवकोटा उम्मेदवार बनाएका छन् ।

पार्टीभित्र विवाद उत्पन्न भएसंगै नेपाल पक्षले अन्य दलहरुसंग साझदारी गरेको थियो तर अहिले एमाले भित्रको विवाद समाधानउन्मुख छ । यसअघि एमालले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्वीप जारी गरिसकेको छ ।