माधव नेपालको सचिवालयले भन्योः गृहमन्त्री बादललाई समर्थन छैन्

माधव नेपालको सचिवालयले भन्योः गृहमन्त्री बादललाई समर्थन छैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपालको सचिवालयले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभाको उपनिर्वाचनमा सहयोग नगर्ने स्पष्ट पारेको छ ।

मंगलबार नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका गृहमन्त्री बादललाई राष्ट्रियसभाको उपनिर्वाचनमा आफूहरुको समर्थन नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पारेको बताए । उनीहरुबीच मतदाताले स्वविवेक प्रयोग गर्ने सहमति भएको छ ।

‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन’, उनले भनेका छन् ।

तर, बादलका प्रेस सल्लाहकार किरण भट्टराईले माधव नेपालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका थिए ।

बादलले राष्ट्रिसभाको उपनिर्वाचनमा आफूलाई सहयोग गर्न नेता नेपाललाई आग्रह गरेका थिए । जवाफमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पूर्ण सहयोग रहने बताएको सल्लाहकार भट्टराईले बताएका थिए ।

र यो पनि

गृहमन्त्री बादललाई राष्ट्रियसभामा सहयोग गर्ने माधव नेपालको प्रतिबद्धता