काठमाण्डु – माधव नेपाल समूहका युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
माधव नेपालले नयाँ दल दर्ता गर्ने तयारी गरिरहेका बेला सो समूहका युवाले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।
नेपाल समूहका युवा नेता सुदीप रुवाली अध्यक्ष रहेको नेकपा (लोकतान्त्रिक) दल दर्ताका लागि निवेदन परेको राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिए । । उक्त पार्टीको महासचिवमा सृष्टि बराल रहेकी छन् ।
केही दिन अगाडि नेपाल निकट जीवन राईले आयोगमा नेकपा (एकिकृत) पार्टी दर्ताका लागि निवेदन दिएका थिए ।




प्रतिक्रिया