काठमाण्डु – एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली पक्षसँग औपचारीक रुपमै कुराकानी गर्नुपर्ने बताएका छन् ।
आफ्नो समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकको शुरुवात गर्दै नेपालले दोस्रो तहका नेताहरु बिच अनौपचारीक छलफल भए पनि पार्टीभित्रको विवाद समाधानकालागि औपचारीक संवाद गर्नुपर्ने बताएका हुन् ।
‘अनौपचारिक छलफलबाट मात्रै टुंगोमा पुगिदैंन । यसले वार्ताको वाताबरण बनाउने भएका कारण यो तरिकाको छलफल पनि ठीकै छ । तर औपचारिकता दिएर अन्तिम टुंगोमा पु¥याउनका लागि प्रतिबद्धता, योजना, कार्यक्रम के हो केही पनि आएको छैन,’ उनले भने ।
नेता नेपालले पछिल्लो समय प्रधानमन्त्री ओली सकारात्मक देखीएपनि उनको भरपरिहाल्न नहुने बताए ।
‘यति कुरा बुझ्नुस् अनौपचारिक कुरा भएका छन् । तर, औपचारिकतामा कहिले जाने हो थाहा छैन । न जाने होइन कि, केही थाहा छैन । वार्ता कमिटीका संयोजकलाई नै कारवाही गरेको छ । भीम रावल र अरु साथीहरु हुनुहुन्छ, उहाँहरुले कुरा राख्नुहोला,’ नेता नेपालले भने ।




प्रतिक्रिया