काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।
यसअघि आफूनिकटका भ्रातृ संगठनका प्रमुख, केन्द्रीय सदस्यलगायतसँग छलफल गरेका नेपालले आज ११ बजेदेखि भर्चुअल मार्फत समानान्तर कमिटीमा रहेका जिल्ला पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् ।
एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नयाँ पार्टी खोल्ने या पार्टी अध्यक्ष केपी ओलीसँगको संघर्षलाई जारी राख्नेबारे नेपाल पक्षमा दुई धार छ । केही नेताले एमालेमै रहेर ओलीसँगको संघर्षलाई जारी राख्नुपर्ने बताउँदै आएका छन् भने केहीले नयाँ पार्टी खोलेर आफ्नो ढंगले अगाडि बढ्नुपर्ने दबाब दिइरहेका छन् ।




प्रतिक्रिया