नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालको माधव नेपाल पक्षले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएको छ । केहीबेरमा भर्चुअल माध्यमबाट बैठक सुरु हुने बताइएको छ ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटी सदस्यहरु विभिन्न स्थानामा रहेकाले भर्चुअल बैठक डाकिएको हो ।

सर्वोच्च अदालतको पछिल्लो आदेश, विकसित अन्य राजनीतिक परिस्थिति र आफूहरुको पार्टीभित्रको अन्तरसंघर्षमा बैठक केन्द्रीत हुने ज्ञवालीले बताए ।

केही दिनअघि सर्वोच्च अदालतले एक अन्तरिम आदेश जारी गर्दै एमालेको विद्यमान महाधिवेसन आयोजक समितिलाई केन्द्रीय कमिटीको मान्यता दिन अस्वीकार गरेको थियो ।