यस्ता असहमति राख्दै नेपाल समूहद्वारा केन्द्रीय कमिटी बैठक बहिस्कार

यस्ता असहमति राख्दै नेपाल समूहद्वारा केन्द्रीय कमिटी बैठक बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले दुई बुँदे असहमति राख्दै केन्द्रीय कमिटी बैठक बहिस्कार गरेको छ । नेपाल समूहले दुई बुँदे असहमति राख्दै केन्द्रीय कमिटीको बैठक बहिस्कार गरेको हो ।

नेपाल समूहले एमालेलाई एकताबद्धरुपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गर्नुपर्ने माग राखेको छ । केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय–प्रस्तावको आधारमा मात्र बोलाइनुपर्ने माधव नेपाल समूहको माग रहेको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नवौं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी एवम् जनसंगठनहरुलाई २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टीको विधानअनुरुप क्रियाशील तुल्याउन लिखित रुपमा ६ बुँदे प्रस्तावसहित आग्रह गरेका थियौं । तर, पार्टीको विधान विपरीत गठित ‘दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’को बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पु¥याउने भएकोले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ’, असहमति पत्रमा भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन तथा त्यसबाट पारित विधान अनुसार एकताबद्धरुपमा अगाडि बढाउनका लागि आफूहरुले निरन्तर प्रयास गर्दै आएको पनि नेपाल समूहले स्मरण गरेको छ ।