ओलीका कार्यकर्ताबारे माधव नेपालको प्रतिक्रिया : बाँदर मुङ्ग्रेहरु उपरखुट्टी लगाएर बसेकाे देखेँ

ओलीका कार्यकर्ताबारे माधव नेपालको प्रतिक्रिया : बाँदर मुङ्ग्रेहरु उपरखुट्टी लगाएर बसेकाे देखेँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुङ्ग्रेहरुसँग नडराउने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि युवासंघका कार्यकर्ताहरुले नेता नेपालको पुत्ला जलाउँदै विरोध गरेको थियो ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रले ललितपुरमा गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीका २५ जना कार्यकर्ता घर घेर्न आएको भन्दै आफू मुङ्ग्रेहरुसँग नडराउने बताए ।

‘माधव नेपालको घरको छेउमा बाँदर मुङ्ग्रेहरु २५ जना बसेका थिए । यसो हेरेँ उपरखुट्टी लगाएर बसेका देखेँ’, उनले भने, ‘कस्ता कस्ता कहाँ गए, यिनीहरु आएर माधव नेपाल तर्सिँदैन । म विशेष धातुले बनेको छु । म कुनै हालतमा डराउँदिनँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अध्यक्ष केपी ओलीलाई बादशाह बनाए पनि नसुध्रिएको बताए ।

‘म विशेष धातुले बनेको छु, कसैसँग डराउँदिन । वादशाहलाई घोडामा झारियो तर, सुध्रिएनन्’, उनले