आफू पक्षका सांसदसँग छलफल गर्दै माधव नेपाल

आफू पक्षका सांसदसँग छलफल गर्दै माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुसँगको छलफल जारी राखेका छन् ।

नेता नेपालले बुधबार बानेश्वरस्थित एक बैंक्वेटमा आफू पक्षका सांसदहरुसँग छलफल गरेका हुन् । नेता नेपालसहित २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

आजको बैठक देउवा नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा केन्द्रीत रहेको बताइएको छ । आज बिहान बालुवाटारमा भएको गठबन्धनको बैठकले शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गरिसक्ने निर्णय गरेको थियो । सोही बमोजिम दलहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् ।