नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बोलाइयो

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बोलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । नेता नेपालले पार्टी एकता र सरकारमा सहभागी हुने लगायतका बिषयमा केन्द्रिय सदस्यहरुको धारणा बुझ्ने बताइएको छ ।

बैठक आगामी रणनीति तय गर्न भोली बिहान ११ बजे बैठक बोलाइएको केन्द्रिय सदस्य दिलु पन्तले जानकारी दिइन् । सरकारमा सहभागी हुने की नहुने भन्नेबारे नेपाल पक्ष अलमलमा छ ।

सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ । भने केही नेताहरुले एकताको ढोका बन्द हुने काम गर्न नहुने भन्दै सरकारमा सहभागी हुन नहुने बताएका छन् ।