काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको नेता झपट रावलले जानकारी दिए । उनले अधिकांश केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको बताए ।
नेता नेपालले पार्टी एकता र सरकारमा सहभागीलगायतका बिषयमा केन्द्रिय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाएका थिए ।
सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ । साथै केही नेताहरुले एकताको ढोका बन्द हुने काम गर्न नहुने भन्दै सरकारमा सहभागी हुन नहुने बताएका छन् ।




प्रतिक्रिया