काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहले आफूहरुमाथि गरिएको कारबाही रोक्न माग गर्दै संसद सचिवालय जाने तयारी गरेको छ ।
एमलोले आफ्ना १४ जना सांसदहरुमाथि गरेको कारबाही रोक्न माग गर्दै नेपाल समूह संसद सचिवालयमा जाने भएको हो ।
मंगलबार एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । सचिवालयले आज कारबाही गरेको पत्र सभामुख अग्नि सापकोटासमक्ष पेश गरेको छ ।
कारबाहीमा पर्नेमा नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।




प्रतिक्रिया