काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरु नयाँ पार्टीमा नजाने भएका छन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ दल दर्ताको तयारीमा जुटेका नेता नेपाललाई दोस्रो तहका नेताहरुले साथ नदिने भएका हुन् ।
नेताहरु भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भिम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट नयां पार्टीमा नजाने भएका छन् ।
नेता नेपालले नयाँ दल दर्ताका लागि हस्ताक्षर संकलन गरिरहँदा दोस्रो पक्षका नेताले नै साथ नदिने भएका हुन् । नेता नेपालले आफू निकट सबै स्थायी कमिटी सदस्य आउने वा नआउने विषयमा जानकारी नभएको बताए ।
उनले भने, ‘हामी दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछौँ । स्थायी कमिटीका बहुमत सदस्य आउँछन् आउँदैनन् भन्ने मलाई थाहा छैन ।’




प्रतिक्रिया