काठमाण्डु – माधवकुमार नेपालले दर्ताकालागि प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) पार्टीको चुनाव चिन्ह यसअघिनै आयोगमा दर्ता भएको पार्टीसंग मिलेको छ ।
चुनाव चिन्ह मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ । नेकपा एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि आयोगमा दिएको निवेदनमा खुला किताबलाई चुनाव चिन्हको रुपमा प्रस्ताव गरिएको छ ।
तर, सो चुनाव चिन्ह यसअघि नै अन्य पार्टीले लिइसकेको पाइएको हो । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीको पनि सोही चुनाव चिन्ह रहेको खुलेको छ । लोकतान्त्रिक पार्टीबाट बोधराज न्यौपाने आयोग पुगेर आपत्ति जनाएका छन् ।




प्रतिक्रिया