कारबाही रोक्न माग गर्दै नेपाल पक्षका १४ जना सांसदले पठाए हुलाकबाट निवेदन

कारबाही रोक्न माग गर्दै नेपाल पक्षका १४ जना सांसदले पठाए हुलाकबाट निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदले हुलाकमार्फत निवेद न पठाएका छन् ।

एमालेले १४ जना सांसदलाई बर्खास्त गरेको सूचना संघीय संसद सचिवालय हुँदै सभामुख अग्नि प्रसाद सापकोटाको टेबुलमा पुगेर अड्किएको छ । नेपाल पक्षका सांसदहरुले आफूहरुमाथिको कारबाही कार्यान्वयन नगर्न माग गर्दै हुलाकमार्फत निवेदन पठाएका हुन् ।

सांसद रामकुमारी झाँक्रीले यसअघि संसद सचिवालयमा निवेदन दिएपनि दर्ता नभएकाले आज सभामुखलाई हुलाकमार्फत निवेदन पठाएको जानकारी दिइन् ।

पार्टी विभाजनमा लागेको भन्दै एमालेले नेपालसहित १४ जना सांसदलाई बर्खास्त गर्दै संसद सचिवालयमा निवेदन दिएको थियो । तर, सभामुखले कारबाही गरेको सूचना जारी गरेका छैनन् । सभामुखले कारबाही गरेको सूचना टाँस्न आलटाल गरेपछि एमाले सांसदहरुले हिजो र आज सभामुखको कार्यपक्षामा पुगेर दबाब दिएका छन् ।