अष्टलक्ष्मी शाक्य मेरो सल्लाहले मुख्यमन्त्री बन्नुभयोः माधव नेपाल

अष्टलक्ष्मी शाक्य मेरो सल्लाहले मुख्यमन्त्री बन्नुभयोः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहले बागमती प्रदेशको मुख्यमन्त्री बनेको दाबी गरेका छन् ।

मंगलबार चन्द्रागिरी रिसोर्टमा पत्रकार सम्मेलन गर्दै नेता नेपालले शाक्य आफ्नैं सल्लाहमा मुख्यमन्त्री बनेको बताएका हुन् । केही दिन अगाडि नेपाल समूहकी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्य नेकपा एमालेबाट मुख्यमन्त्री भएकी हुन् ।

‘उहाँ सल्लाहले नै उता जानु भएको हो । तर उहाँ पनि अफ्ठ्यारोमा हुनुहुन्छ । पार्टी दर्ता भएको २१ दिन भित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ,’ उनले भने, त्यो समय भित्र कता रोज्नुहुन्छ । उहाँमाथि भर पर्नुपर्ने कुरा हो । तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो ।’