प्रधानमन्त्रीको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्यो नेपाल–खनाल समूह

प्रधानमन्त्रीको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्यो नेपाल–खनाल समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूह सर्वोच्च अदालत पुगेको छ ।

बुधबार सर्वोच्च अदालत पुगेर नेपाल–खनाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको कारबाही प्रक्रिया रोक्न माग गरेको छ । उनीहरूले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

एमालेले नेपाल पक्षका सांसदलाई कारबाही प्रक्रिया अघि बढाएपछि कारबाही रोक्न अदालत गएको नेता बेदुराम भुसालले जानकारी दिए ।

नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला उल्लंघन गरेको भन्दै कानूनी लडाइँ लड्ने बताइन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र २०७५ जेठ २ मा फर्किएको फैसला गरेको थियो ।  नेपाल समूहले पार्टी जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने बताउँदै आएको छ ।

‘विधान विपरित गरेका कामको प्रतिवाद भएका कारण उहाँले हामीलाई स्पष्टिकरण सोध्नुभएको छ । हामीले दल बदल गरेका छैंनौं । दल त्यागको मनसाय पनि छैन् । राजीनामा पनि गरेका छैनौं । अर्को पार्टी खोलेका छैनौं । दल दर्ता गर्ने मनसाय छैन् । हामी एमालेका सांसद हौं । हामी कानूनी लडाइँ लड्छौं ’, उनले भनिन् ।

एमालेले मंगलबार नेता नेपालसहितका संघका २७ जना सांसद र कर्णाली प्रदेशका ५जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । पार्टी अध्यक्ष अ‍ोलीले ‘सांसदबाट किन नहटाउने ?’ भन्दै स्पष्टिकरण सोधेपछि नेपाल समूहले प्रतिरक्षाका लागि अदालत पुगेको हो ।