काठमाण्डु – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । आफू पक्षका सांसदहरुको राजीनामालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
वैशाख २७ गते अर्थात सोमबार प्रधानमन्त्री केपी शर्मा अोलीले संसदमा विश्वासको मत लिनुअगावै खनाल–नेपाल समूहका सांसदहरुले राजीनामा दिने चर्चा भइरहेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री अोलीले कारबाही गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै उनीहरुले सामूहिका राजीनामा दिने भएका हुन् ।
शनिबार नेपाल समूहका १५ जना सांसदहरुले राजीनामा पत्र बुझाएका छन् । उनिहरुले नेता नेपाललाई राजीनामा हस्ताक्षर गरेको पत्र बुझाएको स्रोतको दावी छ ।
एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । एमाले अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालका साथै एमालेका दोस्रो तहका नेताहरुबीच पार्टी एकतालाई कायम राख्न विभिन्न चरणमा छलफल भएपनि अन्तमा त्यो सफल हुन सकेन ।
एमाले भित्रको नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिलेर आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीको सरकार ढाल्न अग्रसर भएको छ ।
उनिहरुले नयां पार्टी गठन गर्ने प्रक्रिया समेत सुरु गरेका छन् । माधव नेपाल पक्षमा भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य र बेदुराम भुषाललगायतका नेताहरु ओलीलाई सत्ताच्यूत गर्ने र नयां पार्टी गठन गर्ने योजनामा छन् भने सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,योगेश भट्टराई,गोकर्ण विष्ट र सोमप्रसाद पाण्डे लगायतका नेताहरु पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने लाईनमा थिए ।
एमाले नेता नेपालले आफुसंग २५ जना सांसद भएको भन्दै यसअघि नै कांग्रेस सभापति शेरवहादुर देउवालाई सुची नै बुझाएका थिए । तर, देउवाले आफु लिखित हस्ताक्षर बिना अघि नबढ्ने अडान राखेपछि नेपालले राजीनामा पत्रमा गरेको हस्ताक्षर देउवालाई बुझाउने तयारी गरेको निकट स्रोतले बतायो ।
राजीनामा पत्रमा गरिएको हस्ताक्षर संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ । कांग्रेस सभापति देउवा शुक्रवारदेखी नै नयां सरकार गठन गर्न अग्रसर भएका छन् ।




प्रतिक्रिया