होला त एमालेमा नाटकीय परिवर्तन ?

होला त एमालेमा नाटकीय परिवर्तन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठकले कुनै नाटकीय परिवर्तन नआए राजीनामा नै दिने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो अडान कायमै राखेको र सच्चिने छाँटकाँट नदेखिएकाले राजीनामा नै अबको विकल्प रहेको निष्कर्ष निकालेको हो । बैठकले ओली पक्ष सहमतिमा नआए राजीनामा दिनु नै अन्तिम विकल्प भएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

नेपाल समूहका सांसदरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वार्ताका लागि खटाएका छन् ।