काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव ल्याएपछि त्यस विषयमा छलफल गर्न नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावबारे छलफल गर्ने र आफ्नो धारणा तय गर्ने नेपाल समूहका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको उक्त प्रस्तावमा नेपाल समूह भित्र पनि मत विभाजन भएको छ । योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरुले प्रधानमन्त्री ओलीको प्रस्ताव सकारात्मक भएको बताएका छन् ।
त्यस्तै नेपाल समूहका बहुसंख्यक नेताहरु माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा. विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायत नेताहरुले ओलीको प्रस्ताव संकास्पद भएकाले सम्झौता गर्न नहुने अडान लिएका छन् ।




प्रतिक्रिया