काठमाण्डु – नेकपा एमालेले माधव नेपाल समूहलाई दिएको तीन दिनको अल्टिमेटम सकिएको छ ।
गत शुक्रबार एमाले केन्द्रीय कमिटीको बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समयावधी दिएको थियो ।
देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका थिए ।
नेपाल समूहले एकलौटी रुपमा गरेको उक्त निर्णय आफुहरुलाई मान्य नहुने भन्दै अस्वीकार गरेको छ । नेपाल समूहले पार्टी कमिटीको बैठक २०७५ जेठ २ गतेको अवस्थामा हुनुपर्ने अडान राख्दै आएको छ ।




प्रतिक्रिया