अ‍ोलीलाई नेपाल पक्षले भन्योः स्पष्टिकरणको अर्थ छैन्, आतंकित पार्ने काम रोक्नुपर्छ

अ‍ोलीलाई नेपाल पक्षले भन्योः स्पष्टिकरणको अर्थ छैन्, आतंकित पार्ने काम रोक्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले स्पष्टिकरणको कुनै अर्थ नरहेको बताएको छ ।

बुधबार  नेपाल पक्षको बैठकले पार्टी एकताका लागि पहल भइरहँदा स्पष्टिकरण सोधेर पस्थितिलाई थप उत्तेजित बनाउने काम भइरहेको निष्कर्ष निकालेको हो ।

नेपाल पक्षका नेता रघुजी पन्तले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकताका निम्ति विभिन्न तहबाट प्रयास भइरहेका बेला स्पष्टिकरण सोधेर एकतामा भाँजो हाल्ने काम गरिएको बताए ।

‘स्पष्टिकरण सोध्नुर्पे विषय होइन । स्पष्टिकरण सोधेर एकतामा भाँजो हाल्ने काम गर्नुभएन । स्पष्टिकरण सोध्नुको अर्थ नै छैन्’, उनले भने ।

नेता पन्तले अध्यक्ष केपी शर्मा ओलीलाई एकता वार्ता चलिरहेकाले वरिष्ठ नेता माधव नेपालविरुद्ध नारावाजी गर्ने, संविधान र सर्वोच्चको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदलाई आतंकित गर्ने र उनीहरुविरुद्ध नारावाजी गर्ने काम तत्काल रोक्न माग गरेका छन् ।

‘एकता वार्ता चलिरहेको र १० हुँदे सहमति बुझाएको अवस्थामा स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता माधव नेपालविरुद्ध नारावाजी गर्ने, संविधान र सर्वोच्चको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदलाई आतंकित गर्ने र उनीहरुविरुद्ध नारावाजी गर्ने काम तत्काल रोकिनुपर्छ । सबैको जोड एकता प्रक्रियामा रह्यो,’ उनले भने ।

अध्यक्ष ओलीले फ्लोर क्रस गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।