ओलीलाई माधव नेपालले सोधेः म अध्यक्ष भएको थाहा छैन र ? (पूर्णपाठ)

ओलीलाई माधव नेपालले सोधेः म अध्यक्ष भएको थाहा छैन र ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोपसहितको स्पष्टिकरण पत्र बुझाएका छन् । नेता नेपालले पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको ८ पेज लामो जवाफ बुझाएका हुन् ।

जवाफमा नेता नेपालले भनेका छन्, ‘गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नामको राजनीतिक दल नरहने भएकोले साविककाे नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु भनी गरेको फैसला तथा सोही अनुरुप निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाको बारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक विधिवत्बोलाई तपाईले छलफल किन गराउनु भएन ? यसरी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाईराख्ने तपाईको गलत मनसाय रहेको छ किन नभन्ने ?’

उनले पुष ७ गते बसेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाएर आफुलाई अध्यक्षमा चयन गरेको विषय थाहा छैन भन्दै प्रश्न सोधेका छन् ।

‘तपाईले माथि उल्लेखित कार्यहरु गर्नुका साथै पार्टी नीति र स्थापित राजनीतिक मूल्य–मान्यता विपरीत मन्त्रीपरिषद्को पुर्नगठन गर्ने, विभिन्न राजनीतिक नियुक्ति गर्ने, यसरी नियुक्ति गर्दा म लगायत पार्टीका नेतामाथि सार्वजनिक रुपमा गाली बेइज्जती गर्ने व्यक्तिहरुलाई प्रश्रय दिने, कर्णाली प्रदेशमा आफू अनुकुलका व्यक्तिहरुलाई प्रयोग गरी सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता क्रियाकलापहरु गर्नुभएपछि त्यसबारे स्थायी कमिटीको बैठकमा उठेको प्रश्नको जबाफ नदिइ अप्रत्याशित रुपमा प्रतिनिधि सभा विघटन गर्नुका साथै पार्टीको विधान मिचेर अलग संगठन निर्माण गर्नुभएकोले २०७७ साल पुष ७ गते बसेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रस्तावमा केन्द्रीय कमिटीको सोही मितिमा बसेको बैठकले पार्टी अध्यक्षबाट हटाई रिक्तस्थानमा मलाई पार्टी अध्यक्ष चयन गरेको तथ्य तपाईलाई जानकारी छैन र ?’ उनले भनेका छन् ।

गत फागुन २८ गते नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक विधिवत् रुपमा नबोलाई माओवादीका २३ जना केन्द्रिय कमिटीमा मनोनित गरेकोमा आपत्ति जनाएका छन् ।

‘नेकपा (एमाले) को सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?’ उनले प्रश्न गरेका छन् ।