माधव र महन्थलाई निर्वाचन आयोगले भन्योः नयाँ नाम र चुनाव चिन्ह लिएर आउनू

माधव र महन्थलाई निर्वाचन आयोगले भन्योः नयाँ नाम र चुनाव चिन्ह लिएर आउनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले (समाजवादी) र जसपा (समाजवादी) निर्वाचन आयोगमा दर्ता नहुने भएको छ ।

आयोगले माधव नेपालको एमाले (समाजवादी) र महन्थ ठाकुरको जसपा (समाजवादी) आयोगमा दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएकाले नयाँ नाम र चुनाव चिन्ह लिएर आउन आग्रह गरेको हो ।

आयोगका राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायधिवक्ता गुरु वाग्लेले जनता समाजवादी पार्टीबाट उजुरी परेकाले नयाँ नाम लिएर आउन आग्रह गरिएको जानकारी दिए ।

‘उहाँहरुको दल दर्ताको प्रक्रियामा छ । पुरानो पार्टीको नाम र चुनाव चिन्ह मिलेकाले नयाँ नाम लिएर आउन भनेका छौं,’ उनले काठमाण्डुपाटीसँग भने, ‘समाजवादी नाम र चुनाव चिन्हका विषयमा जसपाबाट पनि अब्जेक्सन आएको छ ।’

राजनीतिक दल सम्बन्धी ऐनको दफा ६ को उपदफा ङ मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने व्यवस्था रहेको छ ।