काठमाण्डु — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला गरेसंगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा पार्टीका नेताहरुसँग छलफलमा जुटेका छन् । गठबन्धनको बैठक अगाडि सभापति देउवा पार्टीका नेताहरुसँग छलफलमा जुटेका हुन् ।
अदालतले काँग्रेस सभापति देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ ।




प्रतिक्रिया