काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केहबिेर अघि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतालगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आजै नेपालपक्षको स्थायी कमिटी बैठक बसेको थियो । अब बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकबाट भएका निर्णयबारे छलफल हुनेछ ।
नेता भीम आचार्यले पार्टी एकताको विकल्प नभएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बाहिर जथाभावी बोल्दै हिँड्दा एकतामा असर परेको बताएका छन् । उनले पावर ब्यालेन्समा एकता अड्किएको बताए ।
‘एकताको विकल्पै छैन । जतिसुकै बोल्ड भए पनि परिस्थिति परिपक्क भएपछि बोल्ड निर्णय हुने हो । ओली पक्ष आएपछि हामी एकताका लागि तयार नै छौँ,’ नेता आचार्यले भने, ‘तर, उहाँले के–के बोल्दै हिँड्नु हुन्छ । मूल अड्केको पावर ब्यालेन्स लगायत विषय हुन् ।’




प्रतिक्रिया