कोटेश्वरमा माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

कोटेश्वरमा माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

बुधबार राती कोटेश्वरमा नेता नेपाल र उपाध्यक्ष श्रेष्ठबीच भेटवार्ता भएको नेपाल निकट स्रोतले जानकारी दियो । उनीहरुबीच पछिल्लो समय विकशित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

नेकपा एमाले विभाजनको अवस्थामा पुगेका बेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  पार्टी निर्देशनविपरित विपक्षी गठबन्धनसँग मिलेर नेता नेपाल केपी शर्मा अ‍ोलीलाई प्रधानमन्त्रीबाट हटाउने खेलमा लागेका छन् ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नूपर्ने माग राख्दै सर्वोच्चमा अदालतमा विपक्षीसँग मिलेर हस्ताक्षर बुझाएका थिए ।

पार्टी एकता विरोधी काम गरेको भन्दै एमाले स्थायी कमिटी बैठकले उनीसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।