सरकारको काम कारबाहीदेखि जनता आजित भईसके : नेता नेपाल

सरकारको काम कारबाहीदेखि जनता आजित भईसके : नेता नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम कारबाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पूर्व सांसद मञ्च नेपालको १९ औँ साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधारबिनाका योजना घोषणा, मनपरिन नियुक्ति, अवकासलगायतका क्रियाकलापबाट जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।

उनले नेपालीले दुख पाउने र विदेशी आएर रमाउने तरिका नअपनाउन पनि सरकारलाई सचेत गराए ।
नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राखे ।

न्यूनतम पुर्वाधारबिना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उनले गरे । व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता रहेको बताए । उनले नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने बताए ।