काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक जारी छ ।
मंगलबार बिहानबाट चन्द्रागिरि रिसोर्टमा सुरु भएको बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्रसमेत जारी गर्ने भएको छ । नयाँ पार्टी गठनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।
सो बैठकमा पार्टीको विधान तथा नियमावलीमाथि छलफल हुँदैछ । सोमबार राति उक्त रिसोर्टमा माधव नेपालसहितका केन्द्रीय सदस्यहरु पुगेका थिए ।




प्रतिक्रिया