काठमाण्डु – नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले आज महासचिवको टुङ्गो लगाउदै छ । मंगलबारदेखि सुरु भएको केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित भइसकेको छ ।
बैठक हिजोसम्मका लागि तय भएपनि महासचिव चयन गर्ने एजेण्डा प्रवेश गरेपछि एकदिन थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । अहिले सम्भावित नेताहरुमध्य कसलाई बनाउने भन्नेमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ । बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुंगो लगाउने खतिवडाले बताए ।




प्रतिक्रिया