काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।
मंगलबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाल निवास कोटेश्वर पुगेको स्रोतले जानकारी दियो । एमाले भित्रको विवाद समाधान उन्मुख रहेको बेला अध्यक्ष प्रचण्ड र नेपालबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड धनुषाका माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जली दिन आज जनकपुर पुगेका थिए । जनकपुरबाट फर्किएर उनी नेता नेपाल निवास पुगेका हुन् ।
पार्टी अध्यक्ष ओलीले शुक्रवार र शनिवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमार्फत तीन दिन भित्र हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेट दिएका थिए । तर, नेपाल समूहले हस्ताक्षर फिर्ता लिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटको बहस सोमबार सकिएको छ । उक्त मुद्दाको फैसला असार २८ गतेपछि आउने बताइएको छ ।




प्रतिक्रिया