माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन् । सत्ता सहकार्यका लागि छलफल गर्न अध्यक्ष प्रचण्ड केहीबेर अघि नेता नेपाल भेट्न कोटेश्वर पुगेका हुन् ।

उनी नेपाल समूहलाई सरकारमा सहभागी गराउन अन्तिम कसरतमा लागेका छन् । उनीहरूबीच अहिले भेटवार्ता जारी छ ।

सरकारमा जाने विषयमा नेपाल समूह नै विभाजित बनेको छ ।  केही नेताहरुले पार्टी एकताका लागि सरकारमा जान नहुने अडान लिएका छन् भने अर्काथरी नेताहरुले सरकारमा जानुपर्ने बताउँदै आइरहेका छन् ।

एमालेभित्रको विवाद पार कि पारकाे अवस्थामा पुगेका बेला पछिल्लो समय अध्यक्ष प्रचण्डले नियमित जसो प्रचण्डसँग भेटवार्ता गर्दै आइरहेका छन् ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । शनिबारका लागि बोलाइएको बैठक माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन भन्दै स्थगित गरिएको थियो ।

विघटित कार्यदलका सदस्यहरुले अझैपनि सहमतिको सम्भावना कायमै रहेकाले शनिबारको स्थायी कमिटी बैठक रोकेर माधव नेपालसंग संवाद गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।