काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान नेता नेपालसँग भेटवार्ता गरेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।
देउवा सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेस, माअोवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बन्नेहरुको नाम टुंगो लाग्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको छ ।
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड र नेता नेपालबीच निरन्तर छलफल भइरहेको छ । त्यस्तै नेपाल समूहका २२ जना सांसदले फ्लोर क्रस गर्दै शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।




प्रतिक्रिया