काटमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान कोटेश्वर पुगेर अध्यक्ष प्रचण्ड र यादवले नेता नेपालसँग भेटवार्ता गरेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए ।
नेता नेपाल निकट एक नेताकाअनुसार अध्यक्षद्वय प्रचण्ड र यादवले सरकारमा सहभागीताका लागि नेता नेपाललाई आग्रह गरेका छन् ।
नेपाल समूहले गत आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो । एमालेका केपी शर्मा ओली पक्षका ८ जना र नेपाल समूहका १४ जना सांसदले देउवाको पक्षमा विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया