भोजपुरमा माधव समूहले बनायो समानान्तर कमिटी

भोजपुरमा माधव समूहले बनायो समानान्तर कमिटी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले भोजपुरमा समानान्तर कमिटी गठन गरेको छ ।

काठमाण्डुको कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको माधव समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय गरेकै दिन भोजपुरमा माधव समूहको जिल्ला कमिटी गठन गरिएको हो ।

पार्टीको विस्तारित बैठक राखेर शरणकुमार राईको अध्यक्षतामा १७५ सदस्यीय अलग्गै कमिटी बनाइएको हो । समानान्तर कमिटीको उपाध्यक्षमा विष्णुबहादुर राउत, सचिवमा वीरजंग राई र उपसचिवमा इन्दिरा घलेलाई चयन गरिएको छ ।

राई पुनःस्थापित एमालेका सचिव हुन् । तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षले गठन गरेको जिल्ला कमिटीमा उनलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

विस्तारित बैठकमा बेदुराम भुसाल, पर्शुनेगी गुरुङ, जयन्ती राई, राजेन्द्र राई र हरिबहादुर राईलगायतका नेताहरू उपस्थित थिए ।