बालुवाटार हिडेका माधव समूहका सांसद बीच बाटोबाटै फर्किए

बालुवाटार हिडेका माधव समूहका सांसद बीच बाटोबाटै फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार हिडेका माधव नेपाल समूहका सांसद बीच बाटोबाटै फर्किएका छन् ।

माधव झलनाथ खनाल समूहका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका थिए । तर, उनीहरु पुन हेरिटेज गार्डेनमै फर्किएका छन् । हेरिटेजमा माधव समूहको हिजोदेखि सुरु भएको राट्रिय कार्यकर्ता भेला आज पनि जारी छ ।

सांसद लक्ष्मी चौधरीले आफु बालुवाटार हिडेको र नेताहरुले फोन गरेर फिर्ता आउन भनेपछि सिंहदरबारबाट फर्किएको बताइन् । यता ओलीले ११ बजेका लागि बोलाएको संसदीय दलको बैठक अझै सुरु हुन सकेको छैन ।