काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
नेपाल पक्षका २६ सांसद्ले शुक्रबार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर गरेका थिए ।




प्रतिक्रिया