रौतहट -१ बाट माधवकुमार नेपाल निर्वाचित

रौतहट -१ बाट माधवकुमार नेपाल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अजय गुप्तालाई साढे ६ हजार मतान्तरले पराजित गरे ।

नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेता नेपाल ३३ हजार ५५२ मत पाएर विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा विजयी भएका हुन् ।