माधव नेपालको प्रश्न : एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गरेको हो ?

माधव नेपालको प्रश्न : एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गरेको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोगको एमसीसी सम्झौताका क्रममा गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गरेको भए बताउन आग्रह गरेका छन् ।

आज मंगलवार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने स्पष्ट पारे ।

उनले भने, ‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित शर्त स्वीकार्नु हुँदैन । एमसीसीलाई आईपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौं, त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’

नेपालका कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको भन्दै कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको नेता नेपालले बताए ।

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौं । अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस्,’ उनले भने ।