काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफू ससुरक्षित भएको दाबी गरेका छन् ।
शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफूलाई सात दलका आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको दाबी गरे ।
मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सकर्तकता अपनाउन सल्लाह दिएको बताए ।
मुख्यमन्त्री यादवले आफू मात्र होइन अन्य दलका सांसदहरूलाई पनि सुरक्षा चुनौती भएको जिकिर गरे ।
‘मलाई सुरक्षा थ्रेट जनताबाट होइन, सात दलको आन्दोनलकारीबाटै आएको छ’, यादवले भने, ‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन ।’
यादवले मधेशमा राजनीतिक अस्थिरताका कारण आफूलाई धम्की आउने गरेको बताए ।
सम्बोधनका क्रममा उनले मधेशको सच्चा दल नेकपा एमाले रहेको दाबी समेत गरे । उनले लोसपा, जसपा नेपाल लगायतका दलहरू पनि सच्चा मधेशवादी दल रहेको बताए ।
यसबीच मुख्यमन्त्री यादवले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक डाकिएको हो । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी छन् । त्यस्तै, प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरूसमेत सहभागी छन् ।




प्रतिक्रिया