मधेसमा मुख्यमन्त्रीले असार २१ मा विश्वासको मत लिने

मधेसमा मुख्यमन्त्रीले असार २१ मा विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको छ ।

संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले असार २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री सिंहले सरकार टिकाउन ५४ जना प्रदेश सांसदहरूको समर्थन चाहिन्छ ।

प्रदेश प्रमुखको कार्यालयमा बुहमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले आफ्नो पक्षमा ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए ।

त्यस बखत मुख्यमन्त्री सिंहले एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीको समर्थनसहित हस्ताक्षर पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

त्यहीअनुसार अहिले मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारमा मन्त्रीमण्डल पनि विस्तार गरेका छन् । यो अङ्कगणितले मुख्यमन्त्री सिंहको सरकारले विश्वासको मत पाउने पक्का छ ।