मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आइतबार

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आइतबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार शपथ ग्रहण गर्ने भएका छन्। आइतबार बिहान १०ः३० बजे शपथ लिने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सात दलबीच भएको लामो छलफलले यादवको नाममा सहमति जुटेको थियो।

सरकारमा जाने मन्त्रीहरूको नाम अहिले टुंगो लागेको छैन । सातै दलबाट मन्त्री नियुक्त हुने कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिए।