काठमाण्डु – मधेश प्रदेश सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यत्रममा चरम दुरुपयोग भएको पाइएको छ ।
तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २७ हजार भन्दा बढी साइकलमध्ये चार हजार भन्दा बढी साइकल अहिले पनि गोदाममै थन्एिका छन् ।
ती लाखौं रुपैयाँका ती साइकलहरू वितरण नगरी जनकपुरधास्थित चुरोट कारखाना (मधेश भवन)को गोदाममा थन्किएका हुन् ।
मधेस प्रदेशमा छोरीको शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम प्रभावकारी नभएको पनि देखिएको छ ।
कार्यक्रम अन्तर्गत खरिद गरिएका चार हजारभन्दा बढी साइकल वर्षौंदेखि गोदाममै थन्किएका कारण यसको सदुपयोग नभएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बताउँछन् ।
साइकल वितरण योजना, लाभग्राही पहिचान र अनुगमन कमजोर हुँदा ठूलो संख्यामा साइकल प्रयोगमै आउन सकेका छैनन् ।
लामो समयदेखि प्रयोगविहीन रहँदा साइकल बिग्रने जोखिम बढेको छ भने सरकारी स्रोतको प्रभावकारी उपयोगमाथि प्रश्न उठेको छ ।
छोरीहरूलाई विद्यालयसम्म सहज पहुँच पु¥याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम प्रदेश सरकार परिवर्तन र प्रशासनिक लापरवाहीका कारण लक्ष्यअनुसार अघि बढ्न नसकेको सरोकारवालाहरूको भनाइ छ ।
शिक्षामा लगानी भनिए पनि कार्यक्रम घोषणामै सीमित हुने प्रवृत्ति दोहोरिँदा ‘बेटी पढाउ’ अभियानको मर्म नै ओझेलमा पर्ने खतरा देखिएको छ ।












प्रतिक्रिया